‘भानु साहित्य उद्यान’ शिलान्यास गर्न राष्ट्रपति पौडेल तनहुँ जाँदै

`

     २०८३ वैशाख १४ गते १०:२३

काठमाडौं, १४ वैशाख । तनहुँको चुँदी रम्घामा ‘भानु साहित्य उद्यान’ आज शिलान्यास हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले भानु नगरपालिका ४ मा उद्यान शिलान्यास गर्न लागेका हुन् । त्यसका लागि उनी आज ११ बजेपछि तनहुँ जाने कार्यक्रम छ ।

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने लक्ष्यसहित ‘भानु साहित्य उद्यान’ निर्माण गर्न लागिएको हो ।

तत्कालीन अर्थमन्त्री वर्षमान पुनले २०८१ सालमा सार्वजनिक गरेको बजेट वक्तव्यमा तनहुँको चुँदी रम्घामा सबै नेपाली भाषाभाषीका मूर्धन्य स्रष्टाको प्रतिमा र सप्तधामसहितको भानु साहित्य उद्यान स्थापना गरिने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?