काठमाडौं । सुकुमवासी बस्तीका बासिन्दाहरुलाई दशरथ रंगशाला लगिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमौंका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार सुकुमवासी बस्तीबाट हटाइएका वासिन्दालाई सुरुमा रंगशाला लगिने भएको हो ।
उनका अनुसार अहिले रंगशाला लाने काम पनि भइरहेको छ । रंगशाला लगेर को वास्तविक सुकुमवासी हो भन्ने पहिचान भएपछि वास्तविक सुकुमवासीलाई अहिले अस्थायी रुपमा होल्डिङ सेन्टरमा लगेर राखिनेछ ।



