रास्वपाको जिल्ला अधिवेशन बैशाख १५ देखि

`

     २०८३ वैशाख ०६ गते ५:०३

काठमाडौँ, बैशाख ६ । राष्ट्रिय स्वतन्त्र पार्टी पार्टीको पहिलो महाधिवेशनमा केन्द्रित हुने भएको छ ।

आज बसेको केन्द्रीय सचिवालय बैठकले यहि बैशाख १५ देखि जिल्ला अधिवेशन सुरू गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । यसअघि पटक पटक सर्दै आएको रास्वपाको महाधिवेशन आगामी भदौ-असोजसम्म गरिसक्ने तयारी शुरु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?