६ महिनामा ९० अर्ब ६ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात

`

     २०८२ माघ १४ गते १०:५७

काठमाडौँ, माघ १३ । वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ९० अर्ब ६ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । चालु आवको ६ महिनामा पेट्रोलियम पदार्थको आयातबाट भने ३७ अर्ब ८५ करोड राजस्व सङ्कलन भएको छ ।

वीरगन्ज नाका हुँदै गत आवको ६ महिनाको तुलनामा चालु आवमा सोही अवधिमा २ अर्ब ७५ करोड बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको हो ।

गत आवको ६ महिनामा भने ८७ अर्ब ३१ करोड मूल्यको पेट्रोलियम पदार्थ आयात हुँदा ३६ अर्ब १४ करोड राजस्व सङ्कलन भएको थियो ।

भन्सार कार्यालयका अनुसार चालु आवको ६ महिनामा ४५ अर्ब ३८ करोड मूल्य पर्ने डिजेल आयात हुँदा १९ अर्ब ८५ करोड राजस्व सङ्कलन भएको छ । त्यसैगरी सोही अवधिमा २० अर्ब ९८ करोड मूल्यको पेट्रोल आयात हुँदा १३ अर्ब ८२ करोड राजस्व सङ्कलन भएको छ । त्यस्तै १४ अर्ब ७९ करोडको एलपीजी ग्यास आयात हुँदा २ अर्ब ७७ करोड राजस्व सङ्कलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?