काठमाडौँ, ११ माघ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भनी कसुर गरेको अभियोगमा पूर्वगृहमन्त्रीसहित उच्च पदाधिकारीविरुद्ध दायर भएको मुद्दा काठमाडौँ जिल्ला अदालतमा सुनुवाइ सुरु हुँदै छ । जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
नक्कली कागजात तयार पारी संगठित गिरोहको योजनामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएको दाबी अभियोगपत्रमा गरिएको छ । संगठित अपराधसहित पाँच अभियोगमा मुद्दा दायर भएको करिब साढे २ वर्षपछि जिल्ला अदालतले अन्तिम सुनुवाइ गर्न लागेको हो ।



