रास्वपाको केन्द्रीय कमिटी बैठक सुरु

`

     २०८२ पौष २० गते ३:४८

काठमाडौँ, २० पुस । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । आइतबार सचिवालय बैठक सकिएसँगै केन्द्रीय समिति बैठक पार्टी कार्यालयमा सुरु भएको हो ।

यसअघि बसेको सचिवालय बैठकले केन्द्रीय समितिमा लैजाने एजेण्डाहरु तय गरेको पार्टी नेताहरूले बताएका छन् ।

केन्द्रीय समिति बैठकका लागि पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण गर्ने एजेण्डाहरु तय भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?