साम्राज्ञी राज्यलक्ष्मी शाहले गरे इन्गेजमेन्ट

`

     २०८२ मंसिर ०३ गते ४:४५

काठमाडौं, मंसिर २ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले मंगलबार आफ्ना फ्यान तथा शुभचिन्तकलाई सरप्राइज दिइन्।

उनले इन्स्टाग्राममार्फत केही तस्बिरहरू सार्वजनिक गर्दै आफूले इन्गेजमेन्ट गरेको खबर सार्वजनिक गरिन्। पोस्टमा उल्लेख गरिएअनुसार उनले सोमबार इन्गेजमेन्ट गरेकी हुन्।

उनले कोसँग इन्गेजमेन्ट गरेको भनेर आफ्नो पोस्टमा केही खुलाएकी छैनन्। मात्र ुएस एन्ड बीु ह्यासट्याग उल्लेख गरेकी छिन्।

उनले इन्गेजमेन्ट गरेका व्यक्ति विशाल खरेल हुन्। अमेरिकामा बस्दै आएका विशाल कलाकारसमेत हुन्। उनले फिल्म र म्युजिक भिडिओमा समेत अभिनय गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?