काठमाडौं, कात्तिक २७ । अभिनेत्री एलिजा गौतम जनादेश पार्टी, नेपालको उपाध्यक्ष भएकी छन्।
अधिवक्ता रमणकुमार कर्ण नेतृत्वको उक्त पार्टीले मंगलबार दर्ताका लागि आयोगमा निवेदन दिएको थियो। नवगठित पार्टीमा गौतम उपाध्यक्ष भएकी हुन्।
गौतम यसअघि २०७९ साल माघ १४ गते नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी थिइन्। उनले पार्टी प्रवेशसँगै आफ्नो राजनीतिक यात्रा आरम्भ भएको बताएकी थिइन्।
जनादेश पार्टीका केन्द्रीय सदस्यहरूको बुधबार निर्वाचन आयोगमा सनाखत गरिएको थियो।
गौतम चर्चित्र पत्रकार ऋषि धमलाकी श्रीमती हुन्। अधिवक्ता कर्ण नेतृत्वको जनादेश पार्टीको चुनाव चिह्न हातले समातेको माइक छ।
सुत्केरी महिलालाई सहयोग गरेको ठाउँ ठाउँमा एम्बुलेन्स उपलब्ध गराएको गौतमको दाबी छ। उनले नेताले जस्तो आफूले भाषण नगरी काम गर्दै जाने बताइन्।



