काठमाडौँ, असोज ३१ । नेपाल आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिताको च्याम्पियन बनेको छ ।
प्रतियोगिताको सुपर सिक्सको अन्तिम खेलमा सामाओलाई १२४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो ।
नेपालले यस प्रतियोगितामा अपराजित रहदै उपाधि जितेको छ । यस प्रतियोगिताबाट नेपालसहित ओमान र युएई अर्को बर्ष भारतमा हुने टी-२० विश्वकपमा छनौट भएका छन् ।
यो प्रतियोगिता जितेसँगै नेपाली टिमका हरेक खेलाडीले १९ लाख ५० हजार पुरस्कार पाउने भएका छन् ।






