पुँजीगत लाभकर घटाउन सेयर लगानीकर्ताले दिए सुझाव

`

     २०८२ आश्विन ०६ गते ३:४८

काठमाडौं, असोज ६ । अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर लगानीकर्ताहरूले सेयर बजार सुधार्न आवश्यक सात बुँदे सुझाव दिएका छन्। लगानीकर्ताहरूले पुँजीगत लाभकर घटाउन र यो करलाई नै अन्तिम कर मानेर स्पष्ट व्यवस्था गर्न सुझाव दिएका हुन्।

हाल एक वर्षभन्दा कम अवधिमा गरिएको सेयर बिक्रीमा हुने लाभमा ७‍‍.५ प्रतिशत र सो समयभन्दा पछि सेयर बिक्री गर्दा हुने लाभमा ५ प्रतिशत लाभकर लाग्दै आएको छ।

उनीहरूले व्यक्तिगत सेयर धितो कर्जामा राखिएको २५ करोडको सीमा हटाउनुपर्ने सुझाव दिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?