काठमाडौं, साउन २२ । अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च संस्था फिफाको पछिल्लो वरीयतामा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले ठूलो फड्को मारेको छ।
नेपाल अगस्ट २०२५ को वरीयतामा १३ स्थान उक्लदै ८७औं स्थानमा आइपुगेको छ।
अघिल्लो महिना एएफसी वुमन्स एसिया कप छनोट खेलेको नेपालले लाओसलाई ९-०, श्रीलंकालाई ८-० ले पराजित गर्दा उज्वेकिस्तानसँग ३-३ गोलको बराबरी खेलेको थियो। पेनाल्टी सुटआउटमा भने नेपाल ४-२ ले पराजित भएको थियो।
अघिल्लो महिना नेपाल सयौं स्थानमा थियो। यसअघि नेपालको उच्च वरीयता २०१७ मा ९१औं स्थानको थियो।






