प्रधानमन्त्रीले राष्ट्रिय सभामा मंगलबार जवाफ दिने

`

     २०८२ वैशाख २२ गते १०:५१

काठमाडौं, वैशाख २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा मंगलबार जवाफ दिने भएका छन् । प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन लागेका हुन् ।

संघीय संसद्‍मा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ । यसअन्तर्गत राष्ट्रिय सभामा पनि आजदेखि नै छलफल सुरु हुँदैछ ।

यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत गरेका थिए । त्यसमाथि आज देखि छलफल हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?