एजेन्सी, ६ चैत। इटालीमा कोरोना भाइरसबाट ज्यान जानेको संख्या ३ हजार २३७ पुगेको छ । कोरोनाको सङ्क्रमणबाट चीनपछि सबैभन्दा धेरै मृत्यु हुनेमा इटाली नै पर्छ । अहिले इटालीमा कारोनाको कराण ज्यान जानेको संख्य तीव्र गतिमा बढीरहरको छ ।
चीनमा कोरोनाबाट ज्यान जानेको संख्या ३ हजार २३७ को मृत्यु भएको छ भने इटालीमा २ हजार ९७९ जनाको मृत्यु भएको छ । हालसम्म इटालीमा ३५ हजार ७ सयभन्दा बढीलाई कोरोनाको संक्रमण भएको छ । तीमध्ये ४ हजार २५ जना निको भएका छन् । अहिले इटालीमा २८ हजार ७१० जनामा कोरोना संक्रमित छन् भने २ हजार २५७ जनामा गम्भीर अवस्थामा रहेका छन् ।
चीनमा भने हालसम्म ८० हजार ८९४ संक्रमित भए पनि अहिले ८ हजार ४३ जना मात्रै कोरोना संक्रमित छन् । ६९ हजार ६१४ जना भने पूर्ण रुपमा निको भइसकेका छन् ।
इटालीमा पछिल्लो २४ घण्टामै ४७५को ज्यान गएकाे छ भने ४ हजार २७० जना नयाँ संक्रमित भेटिएका छन् । मंगलबार पनि इटालीमा ३४५ जनाको मृत्यु भएको थियो भने थप ३ हजार ५ सय २६ मा संक्रमण देखिएको थियो ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वको १६५ देशमा फैलिएको छ । वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार कोरोना भाइरसको कारण अहिलेसम्म विश्वभर ८ हजार ९४४ जनाको ज्यान गइसकेको छ ।
दुई लाख लाख १८ हजारभन्दा बढी संक्रमित भएका छन् भने ८४ हजार तीन सयभन्दा बढी पूर्ण रुपमा निको भएको तथ्यांक छ ।




