विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न आज एमाले पार्टी कार्यालयमा धर्ना दिने

`

     २०८१ फाल्गुन २८ गते ९:३२

काठमाडौं, २८ फाल्गुन । आन्दोलनरत शिक्षकहरुले विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न दबाब दिँदै दिउँसो १ बजेदेखि ३ बजेसम्म ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा धर्ना दिने भएको छ।

महासंघले हिजो  कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दुई घण्टा धर्ना दिएको थियो । चैत्र ५ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना र सांसदहरूसँग भेट गरि महासंघले दबाव दिने कार्यक्रम तय गरेको छ । चैत्र ७ देखि १५ गतेसम्म काठमाडौंमा रिले अनशन र चैत्र २० गतेबाट अनिश्चितकालीन काठमाडौं केन्द्रित सडक आन्दोलन गर्ने महासंघको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?