काठमाडौं, ३२ जेष्ठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले निर्माणाधीन संसद भवनमा मदिरा बार बनाउनु पर्ने प्रस्ताव अघि सारेका छन् ।
प्रतिनिधिसभाको आज ९शुक्रबार०को बैठकमा बोल्दै उनले विदेशी पाहुनाहरू आउँदाखेरि सोसेलाइजेन गर्न बार निर्माण गर्नुपर्ने प्रस्ताव राखेका हुन् । उनले संसद भवनभित्र बार निर्माण गर्दा पर्यटकीय हिसाबले महत्वपूर्ण हुने समेत बताए ।




