प्रसाद-२ को प्रदर्शन रोक्न उच्च अदालतको अन्तरिम आदेश

`

     २०७९ चैत्र २१ गते ४:४२

काठमाडौँ, चैत २१ । फिल्म प्रसाद-२ को प्रदर्शन रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।

निर्माता केशव पाण्डेले फिल्मको प्रदर्शन रोक्न दिएको निवेदनमाथि सुनुवाई गर्दै उच्च अदालत दिएपछि न्यायाधीश सुदर्शन पाण्डेको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

निर्माता पाण्डेले ९० प्रतिशत स्वामित्व रहेको फिल्म आफ्नो अनुमति बिना नै प्रदर्शन गर्न लागेको भन्दै अदालतमा निवेदन दिएको थिए ।

यसअघि पाण्डेले सुवासले दिएको ६२ लाख ५० हजारको चेक बाउन्स र ठगीको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गराएका थिए । अदालतले पक्राउ पुर्जीसमेत जारी गर्‍यो । अहिले प्रहरी निर्माता सुवासलाई खोजिरहेको अवस्थामै निर्माण टिमले फिल्म प्रदर्शन गर्दा प्रसाद २ को सेन्सर रोक्न भन्दै चलचित्र विकास बोर्डमा मागसमेत गरेका थिए ।

तर, सोमबार चलचित्र विकास बोर्डमा भएको छलफलमा फिल्म रोक्न नहुने निर्णय हुँदा निर्माता पाण्डे उक्त कुरामा असहमत थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?