जलविद्युततर्फ चिलिमेले बुझायो सबैभन्दा धेरै कर

`

     २०७९ मंसिर ०७ गते १२:१६

काठमाडौं, मंसिर ७ । आर्थिक वर्ष २०७७/०७८ मा उर्जामुलक उद्योगतर्फ सबैभन्दा धेरै कर चिलिमे जलविद्युत कम्पनी बनेको छ।

चिलिमेका अध्यक्ष कुलमान घिसिङलाई बुधबार राष्ट्रिय कर दिवस २०७९ का अवसरमा सरकारले सम्मान गरेको हो। उक्त कम्पनीले वार्षिक १ अर्ब रोयलटी र ! अर्ब २३ करोड कर बुझाउँदै आएको घिसिङले बताए।

‘यो कुल दुई अर्ब ५३ करोड लागतको कम्पनी हो। यति लगानीबाट सरकारलाई वार्षिक एक अर्ब कर तिर्नु भनेको चानचुने कुरा होइन,’ घिसिङले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?