काठमाडौँ, कात्तिक २९ । सरकारले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर २ दिन सार्वजनिक बिदा दिएको छ ।
मंगलबार बिहान गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै ४ र ५ मंसिरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । विद्यालयलाई भने दुई गते पनि विदा दिइने सूचनामा उल्लेख छ ।
गृह मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा २ मंसिरका दिन मतदानस्थल भएका विद्यालय तथा ४ र ५ मंसिरमा सरकारी कार्यालयलाई बिदा दिने निर्णय भएको उल्लेख छ ।



