अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस दक्षिण कोरियामा

`

     २०७९ आश्विन १३ गते २:३९

काठमाडौँ, असोज १३ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस दक्षिण कोरिया पुगेकी छिन् ।

उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट छोटो दुरीका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको एक दिनपछि दक्षिण कोरिया पुगेकी हुन् ।

अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्वीप वरपरको पानीमा संयुक्त नौसैनिक अभ्यास गरिरहेका बेला उपराष्ट्रपति ह्यारिस दक्षिण कोरिया पुगेकी हुन् ।

उनले दुई कोरियाली प्रायद्वीपलाई छुट्टयाउने गैरसैनिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?