काठमाडौं, भदौ १४ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको छ।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार परीक्षाफल छिट्टै प्रकाशित गर्ने गरी तयारी भइरहेको छ । ‘हामी कक्षा १२ को परीक्षाफल छिट्टै प्रकाशित गर्ने तयारीमा छौं,’ उनले सेतोपाटीसँग भने, ‘रूजु गर्नेजस्ता कामहरू पनि भइरहेका छन्।’
कक्षा १२ को परीक्षा जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरिएको थियो । बोर्डले एकरदुई दिनभित्रै परीक्षाफल प्रकाशित गर्ने तयारी तयारी गरेको छ। यसपालि चार लाख १० हजार विद्यार्थीले परीक्षा दिएका थिए।



