मंकीपक्स संक्रमण बढेपछि अमेरिकामा क्यालिफोर्नियामा आपत्काल घोषणा

`

     २०७९ श्रावण १७ गते १०:३९

काठमाडौँ, साउन १७ । मंकीपक्स संक्रमण बढेपछि अमेरिकाको क्यालिफोर्नियामा आपत्काल घोषणा गरिएको छ ।

क्यालिफोर्निया न्युयोर्क र इलिनोइस पछि रोगलाई लिएर राज्यव्यापी आपतकाल जारी गर्ने यो तेस्रो अमेरिकी राज्य हो । आपतकालको घोषणापछि मंकीपक्सबारे समन्वय गर्न, सचेतना जगाउन र थप खोपहरू सुरक्षित गर्न मद्दत मिल्ने राज्यका गर्भनर क्यालिफोर्नियाका गभर्नर गेभिन न्युजमले बताएका छन् ।

क्यालिफोर्नियाले मन्कीपक्सको विस्तार न्यून बनाउन सरकारका सबै तहमा तुरुन्तै काम गरिरहेको छ’ गभर्नर न्यूजमले एक विज्ञप्तिमा भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?