चीनको वुहान सहरमा ३ दिन लकडाउनको घोषणा

`

     २०७९ श्रावण १२ गते ८:५२

काठमाडौं, साउन १२ । ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि चीनको वुहान सहरमा ३ दिन लकडाउनको घोषणा गरिएको छ । त्यस क्षेत्रका सर्वसाधारणहरु लाई घरभित्रै बस्न निर्देशन दिइएको छ ।

पछिल्लो समय चीनले कोभिड भाइरससँग लड्न ‘जिरो कोभिड’ रणनीति अपनाइरहेको छ। यसअन्तर्गत ठूलो मात्रामा कोभिड परीक्षण, कडा आइसोलेसन र स्थानीय लकडाउन जस्ता कदमहरू चालिरहेको छ ।

१२ लाख जनसंख्या रहेको वुहान सहरमा नियमित रूपमा कोरोना परीक्षण भइरहेको छ।

२ दिनअघि २ जनामा संक्रमण पुष्टि भएको वुहानमा त्यसपछि उनीहरूको सम्पर्कमा आएका व्यक्तिको खोजी गर्दै जाँदा थप २ जनामा संक्रमण देखिएको हो।

त्यसको केही समयपछि शहरका सबै सार्वजनिक स्थलहरू बन्द गरियो। सार्वजनिक यातायात बन्द भए, शहरलाई उच्च जोखिमको वर्गीकरणमा राख्दै स्थानीय सबैलाई घरभित्रै बस्न निर्देशन दिइएको छ ।

रेस्टुरेन्ट र ठूला जमघटहरू, प्रदर्शनदेखि सभा सम्मेलन सबैमा प्रतिवन्ध लगाइएको छ। यस्तै सबै धार्मिक गतिविधि हुने स्थानहरू, शिक्षण संस्था लगायत सबै क्षेत्रमा तीन दिनका लागि प्रतिबन्ध लगाइएको छ।

वुहान कोरोनाभाइरस संक्रमण शुरू भएको केन्द्रविन्दु हो र त्यहाँ केही दिनदेखि नयाँ संक्रमित देखिएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?