एजेन्सी साउन ८ । अमेरिकाको सिएटल शहरको बाहिरी क्षेत्रमा भएको गोली काण्डमा १ जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् । वासिङ्टनको रेन्टन उपनगरमा सिएटलमा बन्दुकको धेरै आवाज सुनेपछि स्थानीयहरूले प्रहरी अधिकारीहरूलाई बोलाएका थिए ।
प्रहरीका अनुसार १ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य पाँच जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । रेन्टन पुलिस विभागले पेस गरेको आधिकारिक विवरणअनुसार लोगान एभिन्यु साउथको १०० ब्लकमा उक्त घटना भएको हो । आक्रमणकारीको पहिचान खुलाइएको छैन् ।




