मलेसियामा मंगलबार २ हजार ३४५ जनामा कोभिड–१९ संक्रमण पुष्टि

`

     २०७९ आषाढ २९ गते १:४७

काठमाडौं, असार २९ । मलेसियामा मंगलबार दुई हजार ३४५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । यसैसँगै कोरोना शुरु भएयता हालसम्म कोभिड संक्रमितको सङ्ख्या ४६ लाख ७३६ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

त्यहाँ ३ जना बाहिरबाट आएका व्यक्तिमा कोरोना देखिएको हो भने, २ हजार ३४२ जना स्थानीय व्यक्ति नै रहेका मन्त्रालयले जारी गरेको तथ्यांकले जनाएको छ । मंगलबार कोरोना संक्रमणको कारण ३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार गएको २४ घण्टामा २ हजार ३८४ जना कोरोना मुक्त भएका छन् । कोरोना महामरी शुरु भएयता हालसम्म ४५ लाख २९ हजार २०१ जनालाई कोरोना सङ्क्रमण निको भएको पनि मन्त्रालयले थप जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?