चिनको सांघाईमा ४० डिग्री सेल्सियससम्म तापक्रम पुगेपछि रेड अलर्ट जारी

`

     २०७९ आषाढ २७ गते ९:०४

काठमाडौँ, असार २७ । चिनको सांघाई नगरपालिमा ४० डिग्री सेल्सियससम्म तापक्रम पुगेपछि मौसम विज्ञान पर्यवेक्षकले प्रान्तका केही क्षेत्रमा रेड अलर्ट जारी गरेको छ । सिन्ह्वाका अनुसार सांघाइमा जुलाई ५ देखि लगातार ६ दिनसम्म अत्यधिक उच्च तापक्रम देखिएको छ । आइतवार सांघाई सुजियाहुई स्टेशनको तापमान ४० डिग्री सेल्सियस पुगेको थियो ।

सन् १८७३ देखि शहरमा ४० डिग्री सेल्सियसभन्दा माथि जम्मा १५ तातो दिनहरू रिपोर्ट गरिएको छ । सन् २०१७ मा सांघाइको तापक्रम ४० दशमलब ९ डिग्री सेल्सियस पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?