एजेन्सी, असार २४ । जापानका पूर्वप्रधानमन्त्री गोली लागी घाइते भएको सिन्जो आबेको
उपचारको क्रममा निधन भएको छ।
शुक्रबार बिहान आक्रमणमा परेका आबेको दिउँसो उपचारका क्रममा निधन भएको जापानी प्रसारण संस्था एनएचकेलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।




