हलिउड स्टार जेम्स कानको ८२ वर्षको उमेरमा निधन

`

     २०७९ आषाढ २४ गते २:११

काठमाडौं, असार २४ । हलिउड स्टार जेम्स कानको निधन भएको छ । फिल्म ‘द गडफादरमा’ को भूमिकाबाट विश्व चर्चित कानको ८२ वर्षको उमेरमा निधन भएको हो । मिडिया रिपोर्टकाअनुसार कानका परिवारले सामाजिक सञ्जालमार्फत उनको निधनको खबर बाहिर ल्याएका हुन् । पोस्ट सेयर गर्दै जेम्स कानका परिवारले लेखेका छन्, ‘हामी निकै दुःखका साथ भन्न चाहन्छौं । ६ जुलाईमा कानको निधन भएको छ ।

कानको पूरा नाम जेम्स एडमन्ड कान हो । उनले १९६३ मा आएको फिल्म ‘इर्मा ला डोस’ बाट फिल्मी करियर सुरु गरेका थिए । त्यसपछि उनले थुप्रै फिल्म अभिनय गरेका छन् । कान त्यस्तो अमेरिकी अभिनेता हुन्, जसले ४ गोल्डेन ग्लोब, एक एमी र एक ओस्करसहित धेरै पुरस्कारहरू प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?