दीपुराज ज्वारचन नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा नियुक्त

`

     २०७९ आषाढ ०९ गते ३:५२

काठमाडौँ, ९ असार । क्यापटेन दीपुराज ज्वारचन नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा नियुक्त भएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले मन्त्रिस्तरीय निर्णय गरी क्यापटेन दीपुराजलाई महाप्रबन्धकमा नियुक्त गरेका हुन्।

गत कात्तिकमा मन्त्री आलेको सिफारिसमा निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका युवराज अधिकारीलाई गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निलम्बन गरेको थियो। कार्यकारी अध्यक्ष निलम्बनमा परेसँगै मन्त्री आलेले महाप्रबन्धकको जिम्मेवारी क्यापटेन दीपुराजलाई दिइएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?