बेलायतमा रेलवे कामदारका नेटवर्कले ३० वर्षयताकै ठूलो हडताल सुरु गरे

`

     २०७९ आषाढ ०७ गते ५:२१

एजेन्सी, असार ७ । बेलायतमा रेलवे कामदारका नेटवर्कले ३० वर्षयताकै ठूलो हडताल सुरु गरे। रेलका यात्रुको भीडले मङ्गलबार अराजकताको सामना गर्न सक्ने बताइएको छ ।

हडताल समाप्तिको लागि भएको वार्ता असफल भएको बताइएको छ । यसको अर्थ रेल युनियनका ५० हजारभन्दा बढी सदस्य यस हप्ता ३ दिनको लागि आफ्नू कामबाट बाहिरिएका छन् ।

रेल र लन्डन भूमिगत स्टेशन मङ्गलबार बिहान बन्द, भएपछि मानिसलाई घरबाट काम गर्न वा अफिसमा वैकल्पिक मार्ग खोज्न बाध्य भएको बताइएको छ ।

लन्डनको बाहिरी भागमा बिहान ६ बजेपछि बस स्टेशनमा मानिसको भीड पर्खिरहेको थियो । सन् १९७० को खराब पुराना दिनहरुको सम्झना पुनः आएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?