रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि आवेदन माग

`

     २०७९ आषाढ ०५ गते ११:३८

काठमाडौं, असार ५ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दयाराम दाहालको कार्यकाल सकिएपछि चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि आवेदन मागेको छ । अहिले बोर्डको नेतृत्व रिक्त छ ।

मन्त्रालय अन्तर्गतको संस्थान समन्वय शाखाले जारी गरेको १५ दिने सूचनामा अध्यक्ष बन्न योग्य उम्मेदवारको मापदण्ड पनि तोकिएको छ । जसमा दरखास्त पेश गर्ने अन्तिम दिनसम्म ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ ।

कुनै विषयमा स्नातक तह उत्तीर्ण गरी नेपाली फिल्म उद्योगको स्थापना, विकास, संरक्षण, सम्वद्र्धन तथा प्रवद्र्धनमा निरन्तर रुपमा कम्तीमा १० वर्ष कार्य गरेको, प्रवीणता प्रमाणपत्र वा सो सरह उत्तीर्ण गरी यस क्षेत्रमा कम्तीमा २० वर्ष कार्य गरेको हुनुपर्ने उल्लेख छ ।

सन् २००० को ३० जुनमा स्थापना भएको बोर्ड पछिल्लो समय राजनीतिक दलहरुले सक्षम र योग्यभन्दा पनि आफू निकट व्यक्तिलाई नियुक्ति गरेको भन्दै विवादित बनेको छ ।

अहिले बोर्डमा एक अध्यक्ष, एक सदस्य सचिवसहित तीन जना सदस्य हुने प्रावधान छ । मन्त्रालयले अध्यक्ष पदको लागि सूचना जारी गर्नुभन्दा एक महिनादेखि नै केही फिल्कर्मीले नियुक्तिको लागि दौडधूप सुरु गरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?