चन्द्रप्रकाश द्विवेदीले निर्देशन गरेको सम्राट पृथ्वीराज फिल्म बक्स अफिसमा अस्वीकृत

`

     २०७९ ज्येष्ठ २७ गते ६:२९

काठमाडौँ, जेठ २७ । बलिवुडमा कार्तिक आर्यन फेल्म भूल भुलैया-२ सुपर हिट भैरहदा ठुलो बजेटको अर्को चन्द्रप्रकाश द्विवेदीले निर्देशन गरेको फिल्म सम्राट पृथ्वीराज भने बक्स अफिसमा अस्वीकृत भएको छ ।

अक्षयकुमारको प्रमुख भूमिका रहेको सम्राट पृथ्वीराजलाई दर्शकले बक्स अफिसमा अस्वीकार गरेका छन् । ठुलो बजेटको यो फिल्म रिलिजको पहिलो सातामा केवल ५५ करोड मात्र कमाई गर्न सफल भएको छ ।

यो फिल्मको कुल लागत करिब ३०० करोड भारतीय रुपैयाँ रहेको बताइएको छ । अभिनेता अक्षयकुमार र यसराजलाई यो फिल्मले ठुलो धक्का लागेको छ ।

सम्राट पृथ्वीराजले पहिलो दिन केवल १०.७० करोड कमाई गरेपछि नै फिल्म बक्स अफिसमा असफल हुने विश्लेषण गरिएको थियो ।

चन्द्रप्रकाश द्विवेदीले निर्देशन गरेको यस फिल्ममा प्रमुख भूमिकामा अक्षयकुमार, मिस इण्डिया मानुषी चिल्लर, संजय दत्त लगायत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?