काठमाडौँ, ११ जेष्ठ । ‘कबड्डी ४’ को नायक दयाहाङ राईले फिल्मले दर्शकलाई भरपुर मनोरञ्जन दिलाउने बताए ।
उनले कबड्डी एक देखि ४ सम्म आइपुग्दा ‘काजीको जीवन कसरी चलिरहेको छ ?’ भन्ने कुरा फिल्ममा आफ्नो पात्रको अभिनय रहेको बताए । उनले कबड्डी ४ विशेष हुने पनि बताए ।
त्यस्तै नायक सौगात मल्लले ‘कबड्डी ४ सिरिजको फाइनल म्याच भएकोले के हुन्छ ?’ भन्ने नै मुख्य भाग रहेको बताए । त्यस्तै नव नायिका मिरुना मगरले आफ्नो लागि यो नयाँ भएपनि फिल्ममा कुनै कन्जुस्याइँ नगरेको बताइन् ।
रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, सारदा अधिकारी लगायतको अभिनय छ ।




