‘प्रेम गीत ३’ असोज ७ गते बाट प्रदर्शनमा आउने

`

     २०७९ ज्येष्ठ ०९ गते ११:५७

काठमाडौँ, ९ जेष्ठ । ठूलो लगानीमा निर्माण भएको फिल्म ‘प्रेम गीत ३’ आगामी दसैँ (असोज ७ गते) बाट प्रदर्शन हुने भएको छ।

फिल्मका निर्देशक तथा निर्माता सन्तोष सेनले सामाजिक सञ्जालमार्फत फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएका हुन्।

‘समयसँगको धैर्यता, टिमको अजम्बरी कामप्रतिको मेहनत। प्रतिफल हजुरहरुमाझ यो बडा दसैँमा पोख्ने निधो गरेका छौँ,’ उनले लेखेका छन्।

फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन्।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायतका कलाकारको पनि अभिनय छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?