चिनियाँ विदेश मन्त्री काबुलमा, शुक्रवार वाङ काबुलबाट नेपाल आउने

`

     २०७८ चैत्र १० गते २:१३

एजेन्सि, १० चैत्र । चीनका विदेश मन्त्री वाङ यी काबुल पुगेका छन्।

विदेशमन्त्री वाङ बिहीबार काबुल पुगेका हुन् । ‘चिनियाँ विदेशमन्त्रीले इस्लामिक इमिरेट्सका नेताहरूसँग वार्ता गर्न काबुल आइपुग्नु भएको छ’ तालिबान सरकारका शीर्ष अधिकारी अहमद यासिरले ट्वीटरमा लेखेका छन् ।

पाकिस्तानको राजधानी इस्लामावादबाट वाङ काबुल पुगेका हुन् । विदेशमन्त्री वाङ शुक्रबार काबुलबाट नेपाल आउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?