तलब दिनुपर्छ भनेर सरकार शिक्षक थप्न मान्दैन: गगन थापा

`

     २०७८ चैत्र ०७ गते १:१९

काठमाडौँ, ७ चैत्र । कांग्रेस महामन्त्री गगनकुमार थापाले देशभर ५० हजार शिक्षकको माग रहे पनि सरकारले थप्न नचाहेको बताएका छन् । सोमबार कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित एजुकेसन समिटमा आफ्ना विचार राख्दै उनले यस्तो बताएको हो ।

कस्तो हेडमास्टर राख्ने, विद्यालय व्यवस्थापन कस्तो बनाउने, समुदायको भूमिका कस्तो हुने, संघ र स्थानीय सरकारले कस्तो सहयोग गर्ने भन्नेबारे नीति भएको उनले बताए ।

‘विश्वविद्यालय नियुक्ति जुन हामी गर्छौं, जुन कानुनी व्यवस्था छ, कानुनी व्यवस्थाबाट जो आए पनि ऐनको परिभाषाभित्र पर्ने व्यक्ति छान्दै गर्दा राजनीतिक दलसँगको लोयल्टी महत्त्वपूर्ण मान्ने रैछौं,’ उनले भने, ‘यो आफैंमा खराब हो भन्ने मलाई लाग्दैन । एकसे एक सामुदायिक विद्यालय चलाएका प्रधानाध्यापकलाई बोलाएर सोध्दा उहाँ कि नेपाली कांग्रेस निकट हुनुहुन्छ कि नेकपा एमालेसँग निकट भएका सरहरू भेटिनुहुन्छ ।’

सामुदायिक विद्यालयका ९० प्रतिशतभन्दा बढी प्रधानाध्यापकहरु राम्रै रूपले चेतनशील र राजनीतिक दलसँग आबद्ध भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?