नाइजेरियामा शसस्त्र लुटेराहरूले स्थानीय बासिन्दालाई कुटपिट गर्ने, हत्या गर्ने र लुटपाट गर्ने गरेकाले प्रतिकारका लागि सरकारको सहयोगमा प्रतिकार समूहको व्यवस्था गरिएको छ । प्रहरीले घटनास्थलबाट ५७ जनाको शव निकालिएको बताएपनि स्थानीयले भने ६२ जनाको मृत्यु भएको दावी गरेका छन्

लडाकु समूहका सदस्य र लुटेराहरूको समूहबीचमा बेला बेलामा झडप हुने र मानवीय क्षति हुने गरेको थियो।

" /> सशस्त्र लुटेराको आक्रमणमा परी नाइजेरियामा ५७ सरकारी लडाकुको मृत्यु - Sarbocha Media

सशस्त्र लुटेराको आक्रमणमा परी नाइजेरियामा ५७ सरकारी लडाकुको मृत्यु

`

     २०७८ फाल्गुन २४ गते ४:१०

काठमाडौं, २४ फाल्गुन । सशस्त्र समूहको आक्रमणमा परी नाइजेरियामा स्थानीय सुरक्षाका लागि सरकार निकट मानिने लडाकू दस्ताका ५७ जनालाई बन्दूकधारीहरूले हत्या गरेका छन्। देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने जुरू जिल्लामा भएको घटनामा परी उनीहरुको मृत्यु भएको स्थानीय सुरक्षा श्रोत र स्थानीय बासिन्दाले जानकारी दिएका छन् । घटना सोमबार भएपनि प्रहरीले मङ्गलबार मात्रै घटनाका बारेमा जानकारी दिएको हो ।

नाइजेरियामा शसस्त्र लुटेराहरूले स्थानीय बासिन्दालाई कुटपिट गर्ने, हत्या गर्ने र लुटपाट गर्ने गरेकाले प्रतिकारका लागि सरकारको सहयोगमा प्रतिकार समूहको व्यवस्था गरिएको छ । प्रहरीले घटनास्थलबाट ५७ जनाको शव निकालिएको बताएपनि स्थानीयले भने ६२ जनाको मृत्यु भएको दावी गरेका छन्

लडाकु समूहका सदस्य र लुटेराहरूको समूहबीचमा बेला बेलामा झडप हुने र मानवीय क्षति हुने गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?