गाडी निर्माता कम्पनीमध्ये धेरै गुगल सर्चमा टोयोटा, दोस्रोमा स्थानमा बिएमडब्लु

`

     २०७८ पौष २७ गते ७:२२

काठमाडौँ, २७ पौष । सन् २०२१ मा गाडी निर्माता कम्पनीमध्ये टोयोटा सबैभन्दा धेरै गुगल सर्च गरिएको छ।

अस्ट्रेलियाको कम्प्यर द मार्केटुले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार कुल १५४ देशमध्ये ४७ देशमा टोयोटा सबैभन्दा धेरै गुगलमा खोजिने ब्रान्ड बनेको हो।

टोयोटापछि गुगलमा बिएमडब्लु ब्रान्डबारे सबैभन्दा बढी खोजिने गरिएको अटो हिन्दुस्तानले जनाएको छ। तेस्रो स्थानमा मर्सिडिज-बेन्ज परेको छ ।

विगत चार वर्षदेखि टोयोटा, बिएमडब्लु र मर्सिडिज-बेन्जबीच कुन काररब्रान्ड सबैभन्दा धेरै गुगल सर्च गरिन्छ भन्ने सन्दर्भमा प्रतिस्पर्धा चलिरहेको छ। सन् २०१९ मा बिएमडब्लु सबैभन्दा बढी गुगल सर्च गरिएको गाडी निर्माता कम्पनी थियो।

यता फोर्ड, भोल्भो, निशान, फक्सवागन र प्युगोट ब्रान्डहरूबारे गुगलमा कम खोजिएका ब्रान्डमा परेको अटो हिन्दुस्तानले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?