काठमाडौं, २९ माघ । गायिका गीता पाण्डेको सर्वाधिक लोक प्रिय गीत ‘आँखा भरि तिमी मात्र’ सार्वजनिक भएको छ ।
संगीतकर शुभ बहादुर सुनामको नयाँ गीत ‘आँखा भरि तिमी मात्र’ प्रेम दिवसको अवसरमा सार्वजनिक गरेको हो । गीत अडियोमा सार्वजनिक भएको छ । गीतको शब्द तथा सङ्गीत विशिष्ट संगीतकार शुभ बहादुर सुनामको रहेको छ । यसै गरी राजेश कुमार श्रेष्ठले एरेन्ज गरेको गीत म्युजिक पार्कमा रेकरडिंङ्ग गरिएको हो ।

प्रेम दिवस अर्थात् भ्यालेनटाईन डे फेब्रुअरी १४ का लागि लक्ष्य गरेर युवा पुस्ता माझ सार्वजनिक गरेको गीतको भिडियो गीत सार्वजनिक भएको केही समयपछि आउने बताइएको छ।




