कक्षा १२ को नतिजा सार्वजनिक, केही समय पछि हेर्न पाइने

`

     २०७८ मंसिर १७ गते ६:१९

काठमाडौँ, मंसिर १७ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित गरेको छ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले नतिजा सार्वजनिक गर्ने निर्णय भएको बताए।

‘कक्षा १२ को परीक्षाको नजिता सार्वजनिक गर्ने निर्णय भएको छ। सिष्टममा अपलोड हुँदैछ, केही समयमा हेर्न मिल्छ,’ उनले भने।

नेपाल टेलिकमको वेबसाइटमा गएर नतिजा हेर्न मिल्छ।

७ हजार ३६ जनाले ए प्लस ग्रेड ल्याएका छन् भने ए ग्रेडु ल्याउने परीक्षार्थीको संख्या ४८ हजार तीन सय ३९ जना छ।

बी प्लसु ग्रेड ल्याउने विद्यार्थी ७० हजार हाराहारीमा रहेको बोर्डले जनाएको छ। करिब एक लाख विद्यार्थीले बीु ग्रेड मात्रै ल्याएका छन् भने सि र डी ग्रेड ल्याउने विद्यार्थी पनि छन्। साथै दश हजार हाराहारी विद्यार्थीले ईु ग्रेड पनि ल्याएका छन्।

कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको थियो। तीन लाख ८५ हजार विद्यार्थीले परीक्षा दिएका थिए।

कोरोनाका कारण पटकपटक स्थगित भएर भदौमा भौतिक रूपमै विद्यार्थी उपस्थित भएर परीक्षा लिइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?