काठमाडौँ, २२ भदौ । मंगलबार सेयर बजार ४४ अंकले घटेको छ।
मंगलबार ४४.१८ अंकले घटेर परिसूचक २९३६ अंकमा कायम भएको छ।
आज बैंकिङ ३३, ब्यापार ५४, होटल तथा पर्यटन १०९, विकास बैंक ७१, जलविद्युत ५१, फाइनान्स ४९, निर्जीवन बीमा २९०, उत्पादन १३३, माइक्रोफाइनान्स १४६ र जीवन बीमा ३०२ अंकले घटेका छन्।
मंगलबार जम्मा ७ अर्ब ४९ करोडको सेयर किनबेच भएको छ।
हालै सूचीकृत सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको मूल्य १० प्रतिशतले बढेर कम्पनीको मूल्य प्रतिकित्ता ४५२ रुपैयाँ कायम भएको छ।
युनाइटेड मोदी हाइड्रोको मूल्य ७.७ प्रतिशत, जलविद्युत लगानी तथा विकास कम्पनी र युनिलिभर नेपालको मूल्य ५ प्रतिशतले बढेको छ।
आरएमडिसी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ७.७ प्रतिशत मूल्य गुमाए।




