काठमाडौँ, २६ साउन । नेविसंघ विश्वविद्यालय समितिका सभापति हरि आचार्य र सचिव योगेन्द्र रावलले आज विज्ञप्ति निकालेर कसैले आन्दोलन गरेकै भरमा स्वत करारमा नियुक्त दिने कुरा स्वीकार्य नहुने बताएका छन्।
२०७४ मंसिर ८ मा एक हजार चार सय २० आंशिक शिक्षकहरू करार सेवामा नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय लत्याएर अहिले शिक्षकहरूलाई करार सेवामा नियुक्त गर्न लागेकोमा नेविसंघले विरोध गरेको छ।



