काठमाडौँ, २५ साउन । लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा अब स्थगित नहुने भएको छ ।
आयोगका प्रवक्ता तोयनारायण सुवेदीका अनुसार आयोगले तालिका प्रकाशित गरेको परीक्षाहरु नरोक्ने भएको हो ।
तालिका प्रकाशित गरेका परीक्षाहरु सञ्चालन भईरहेका छन् र अबका परीक्षाहरु पनि तोकिएकै समयमा हुने उनको भनाइ छ ।
आयोगले आ.व. २०७६/०७७ र आ.व. २०७७/०७८ मा विज्ञापन भई परीक्षा सञ्चालन हुन बाँकी विभिन्न तहका परीक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ ।
आयोगले साउन १५ गतेदेखि असोज २३ गतेसम्म हुने परीक्षा तालिका प्रकाशित गरी परीक्षा सञ्चालन गरिरहेको छ ।



