आंशिक शिक्षकले संघर्ष समितिमार्फत् आफ्नो मागलाई लिएर धर्नादेखि पदाधिकारीका कार्यकक्षसम्म तालाबन्दी गर्दै आएका छन् । चौतर्फी तालाबन्दी गरेपछि त्रिविले वार्ता कमिटी गठन गरी दुई बुँदे सम्झौता गरेको छ । जसमा यसअघि करार नियुक्ति गर्ने मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन गर्ने र थपिएका ५ सय ८० जनालाई करार नियुक्तिका निम्ति त्रिवि कार्यकारी परिषदमा निर्णयार्थ प्रक्रिया अघि बढाउने रहेको छ ।

त्रिविअन्तर्गत १६ हजार जनाको दरबन्दी रहेको छ । त्यसमध्ये १२ हजार शिक्षक र कर्मचारी कार्यरत छन् । खाली रहेको दरबन्दीमा करार र आंशिक रूपमा कार्यरत शिक्षकलाई अवसर दिइनु पर्ने उनीहरूको माग छ ।

" /> त्रिविका आंशिक शिक्षकलाई करार गर्ने प्रधानमन्त्री देउवाको आश्वासन - Sarbocha Media

त्रिविका आंशिक शिक्षकलाई करार गर्ने प्रधानमन्त्री देउवाको आश्वासन

`

     २०७८ श्रावण २१ गते १२:०१

काठमाडौँ, २१ साउन । त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिका प्रतिनिधिलाई भेट गरी प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिविमा कार्यरत आंशिक शिक्षकलाई करारमा नियुक्तिको व्यवस्था गर्ने आश्वासन दिएका छन् ।

आंशिक शिक्षकले संघर्ष समितिमार्फत् आफ्नो मागलाई लिएर धर्नादेखि पदाधिकारीका कार्यकक्षसम्म तालाबन्दी गर्दै आएका छन् । चौतर्फी तालाबन्दी गरेपछि त्रिविले वार्ता कमिटी गठन गरी दुई बुँदे सम्झौता गरेको छ । जसमा यसअघि करार नियुक्ति गर्ने मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन गर्ने र थपिएका ५ सय ८० जनालाई करार नियुक्तिका निम्ति त्रिवि कार्यकारी परिषदमा निर्णयार्थ प्रक्रिया अघि बढाउने रहेको छ ।

त्रिविअन्तर्गत १६ हजार जनाको दरबन्दी रहेको छ । त्यसमध्ये १२ हजार शिक्षक र कर्मचारी कार्यरत छन् । खाली रहेको दरबन्दीमा करार र आंशिक रूपमा कार्यरत शिक्षकलाई अवसर दिइनु पर्ने उनीहरूको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?