सूचीमा गिरी श्रीस मगरको एकलब्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प ग्रन्थ, वैरवबहादुर थापाको नृत्याक्षर विज्ञान, प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षेत्रीको फुलाङ्गे, केशव दाहालको मोक्षभूमि, जेशन कुँवरको रमिते र भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्ताबेज संग्रह रहेका छन् ।

गुठीका अनुसार २०७७ सालको पुरस्कारका लागि २२२ वटा पुस्तक प्राप्त भएका मध्येबाट बढीमा १० पुस्तकहरूको श्रेष्ठ सूची तयार गर्न समिति गठन गरिएको थियो । समितिले गुठीलाई ९ पुस्तकको नाम उपलब्ध गराएको हो ।

छनौटमा परेका ९ पुस्तकहरू मध्येबाट एक पुस्तकलाई २०७७ सालको मदन पुरस्कार प्रदान गरिने गुठीले विज्ञप्तिमार्फत जनाएको छ ।

" /> मदन पुरस्कारको सूचीमा ९ पुस्तक छानिए - Sarbocha Media

मदन पुरस्कारको सूचीमा ९ पुस्तक छानिए

`

     २०७८ श्रावण १५ गते १०:४१

काठमाडौँ, १५ साउन । मदन पुरस्कार गुठीले २०७७ को पुरस्कारका लागि ९ पुस्तक उत्कृष्ट सूचीमा छनोट गरेको छ ।

सूचीमा गिरी श्रीस मगरको एकलब्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प ग्रन्थ, वैरवबहादुर थापाको नृत्याक्षर विज्ञान, प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षेत्रीको फुलाङ्गे, केशव दाहालको मोक्षभूमि, जेशन कुँवरको रमिते र भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्ताबेज संग्रह रहेका छन् ।

गुठीका अनुसार २०७७ सालको पुरस्कारका लागि २२२ वटा पुस्तक प्राप्त भएका मध्येबाट बढीमा १० पुस्तकहरूको श्रेष्ठ सूची तयार गर्न समिति गठन गरिएको थियो । समितिले गुठीलाई ९ पुस्तकको नाम उपलब्ध गराएको हो ।

छनौटमा परेका ९ पुस्तकहरू मध्येबाट एक पुस्तकलाई २०७७ सालको मदन पुरस्कार प्रदान गरिने गुठीले विज्ञप्तिमार्फत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?