दुर्घटनामा घाइते भएकाहरुमध्ये ४ जनाको अवस्था गम्भीर छ । सिगास गाउँपालिका ३ कै १८ वर्षीय योगेन्द्र धामी, १३ वर्षीय लक्ष्मण धामी, ४५ वर्षीय जयसिह धामी र ४० वर्षीय गौमती साउदको अवस्था गम्भीर रहेको छ ।

उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लैजाने काम भइरहेको प्रहरी नायब उपरीक्षक पालले जानकारी दिए ।

जीप सडकबाट झण्डै ५० मिटर तल खसेको छ ।

" /> बैतडीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १० घाइते - Sarbocha Media

बैतडीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १० घाइते

`

     २०७८ आषाढ २० गते ६:२७

बैतडी, २० असार । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते
बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

से १ ज ७३९ नम्बरको जीप आइतबार बिहान बैतडीको सिगास गाउँपालिका–३ लगनमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश पालले दुर्घटनामा परेर सिगास गाउँपालिका–३ का ४५ वर्षीय मान सिंह सावद र ६४ वर्षीय राम सिंह धामीको मृत्यु भएको बताए ।

दुर्घटनामा घाइते भएकाहरुमध्ये ४ जनाको अवस्था गम्भीर छ । सिगास गाउँपालिका ३ कै १८ वर्षीय योगेन्द्र धामी, १३ वर्षीय लक्ष्मण धामी, ४५ वर्षीय जयसिह धामी र ४० वर्षीय गौमती साउदको अवस्था गम्भीर रहेको छ ।

उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लैजाने काम भइरहेको प्रहरी नायब उपरीक्षक पालले जानकारी दिए ।

जीप सडकबाट झण्डै ५० मिटर तल खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?