जसपा उपेन्द्र समूहले प्रदेश सरकारबाट ठाकुर–महतो पक्षका ४ मन्त्री हटाएर कांग्रेसलाई सरकारमा ल्याउने तयारी गरिरहँदा तत्कालीन राजपाका संसदीय दलका नेतासमेत रहेका जितेन्द्र सोनलको नेतृत्वमा दलको बैठक बसि रहेको छ ।

समाजवादी पार्टी र राजपा समायोजन हुन नसकेको अवस्थामा सोनलले राजपा संसदीय दलको नेताको हैसियतमा प्रदेशसभामा निर्वाह गर्ने भूमिकाबारे रणनीति बनाउने बैठक बोलाएका हुन् । यसअघि आइतबार जसपा अध्यक्ष उपेन्द्र यादवले संसदीय दलको विधान बहुमतले पारित गर्दै संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई बहुमतले चयन गरेका छन् ।

प्रदेशसभाको छैटौँ अधिवेशनको पहिलो बैठक आज बस्दै छ । पहिलो दिनको बैठकमा शुभकामना र सरकारले प्रिबजेट विवरण पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

" /> ठाकुर–महतो पक्षका सांसदको बैठक जारी - Sarbocha Media

ठाकुर–महतो पक्षका सांसदको बैठक जारी

`

     २०७८ ज्येष्ठ २४ गते ७:०४

जनकपुर, २४ जेठ । प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा) नेपाल महन्थ ठाकुर समूहका प्रदेश सांसदहरुको बैठक बैठक जारी रहेको छ ।

आगामी रणनीति बनाउन जितेन्द्र सोनलले बैठक बोलाएको एक सांसदले बताए । प्रदेशसभामा पूर्वराजपा पक्षमा रहेका २५ जना सांसदमध्ये बैठकमा १५ सहभागी छन् । केही सांसद आउने क्रममा रहेको बताइएको छ ।

जसपा उपेन्द्र समूहले प्रदेश सरकारबाट ठाकुर–महतो पक्षका ४ मन्त्री हटाएर कांग्रेसलाई सरकारमा ल्याउने तयारी गरिरहँदा तत्कालीन राजपाका संसदीय दलका नेतासमेत रहेका जितेन्द्र सोनलको नेतृत्वमा दलको बैठक बसि रहेको छ ।

समाजवादी पार्टी र राजपा समायोजन हुन नसकेको अवस्थामा सोनलले राजपा संसदीय दलको नेताको हैसियतमा प्रदेशसभामा निर्वाह गर्ने भूमिकाबारे रणनीति बनाउने बैठक बोलाएका हुन् । यसअघि आइतबार जसपा अध्यक्ष उपेन्द्र यादवले संसदीय दलको विधान बहुमतले पारित गर्दै संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई बहुमतले चयन गरेका छन् ।

प्रदेशसभाको छैटौँ अधिवेशनको पहिलो बैठक आज बस्दै छ । पहिलो दिनको बैठकमा शुभकामना र सरकारले प्रिबजेट विवरण पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?