बोर्डले यसअघि जेठ १३ बाट एसईईको र जेठ २६ बाट कक्षा १२ को परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले भने, ‘कोरोना महामारीका कारण परिस्थिति जटिल बन्दै गइरहेकाले परीक्षा गराउन सम्भव नभएपछि अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गर्ने निर्णय गरिएको छ ।’

अबको १५ दिनभित्र बोर्डका सदस्यहरुले परीक्षा मोडल तयार गरेर बोर्डलाई बुझाउनुपर्ने र त्यही अनुसार परीक्षा मोडल सार्वजनिक गर्ने डा. पौडेलले जानकारी दिए ।

" /> एसईई र कक्षा १२ को परीक्षा स्थगित - Sarbocha Media

एसईई र कक्षा १२ को परीक्षा स्थगित

`

     २०७८ वैशाख २७ गते ६:०१

काठमाडौँ, २७ वैशाख। राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

बोर्डले यसअघि जेठ १३ बाट एसईईको र जेठ २६ बाट कक्षा १२ को परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले भने, ‘कोरोना महामारीका कारण परिस्थिति जटिल बन्दै गइरहेकाले परीक्षा गराउन सम्भव नभएपछि अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गर्ने निर्णय गरिएको छ ।’

अबको १५ दिनभित्र बोर्डका सदस्यहरुले परीक्षा मोडल तयार गरेर बोर्डलाई बुझाउनुपर्ने र त्यही अनुसार परीक्षा मोडल सार्वजनिक गर्ने डा. पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?