काठमाडौँ, २३ वैशाख। काठमाडौँ उपत्यकामा २४ घण्टामा थप ३९७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जसमा काठमाडौँ जिल्लामा ३१६३, ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जना गरी ३९७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौँमा बिहीबारसम्म २४ हजार ५३३, ललितपुरमा ४ हजार ९७४ र भक्तपुरमा २ हजार ९४५ जना सक्रिय संक्रमित रहेका छन् ।




