हाल आएको कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको मन्त्रालयको विश्लेषण छ । यो चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

१८ वर्षभन्दा कम उमेरका लागि भ्याक्सिन नबनेकाले पनि संक्रमण बढ्न दिन नहुने उनले बताए ।
स्वास्थ्य मन्त्रालयमा मंगलबार पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री त्रिपाठीले भने, ‘उपत्यकाका मात्र ७र८ लाख विद्यार्थी घरमा बस्दा २० प्रतिशत मोबिलिटी कम हुन्छ ।’

उनका अनुसार यसबारे सीसीएमसी र मन्त्रिपरिषदमा पनि छलफल भएको छ । तर औपचारीक निर्णय हुन बाँकी छ ।

" /> एक महिनाको लागि विद्यालय बन्द गर्ने - Sarbocha Media

एक महिनाको लागि विद्यालय बन्द गर्ने

`

     २०७७ चैत्र ३१ गते १०:१७

काठमाडौँ, ३१ चैत । काठमाडौँसहित ठुला सहरका विद्यालय एक महिना बन्द गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सिफारिस गरेको छ ।यो अवधिमा अनलाइन कक्षामार्फत पठन पाठन गराउन स्वास्थ्य मन्त्रालयको सुझाव छ ।

हाल आएको कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको मन्त्रालयको विश्लेषण छ । यो चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

१८ वर्षभन्दा कम उमेरका लागि भ्याक्सिन नबनेकाले पनि संक्रमण बढ्न दिन नहुने उनले बताए ।
स्वास्थ्य मन्त्रालयमा मंगलबार पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री त्रिपाठीले भने, ‘उपत्यकाका मात्र ७र८ लाख विद्यार्थी घरमा बस्दा २० प्रतिशत मोबिलिटी कम हुन्छ ।’

उनका अनुसार यसबारे सीसीएमसी र मन्त्रिपरिषदमा पनि छलफल भएको छ । तर औपचारीक निर्णय हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?