राजधानी टोकियोदेखि देशको दक्षिणपश्चिमी भागमा पनि भूकम्पको झटकको महसुस भएको समचार एजेन्सीले जनाएको छ।

" /> जापानमा ७.१ म्याग्नेच्युटको भूकम्प - Sarbocha Media

जापानमा ७.१ म्याग्नेच्युटको भूकम्प

`

     २०७७ फाल्गुन ०२ गते १२:५४

एजेन्सी,२ फागुन । जापानमा हिजो शनिबार ७.१ म्याग्नेच्युटको भूकम्प गएको छ । त्यहाँका स्थानीय समय दिउँसको ११ बजेर ८ मिनेटमा उक्त भूकम्प पूर्वी समुद्री तटमा गएको हो ।

फुकुशिमाको प्रशान्त महासागरमा ५४ किलोमिटरको गहिराईमा भूकम्पको केन्द्र विन्दु रहेको अमेरिकी एजेन्सी युएसजीएसले जनाएको छ । भूकम्पको कारणले फुकुशिमा आणविक प्लान्टमा कुनै क्षति नभएको अनुसन्धानको क्रममा पत्ता लागेको बताइएको छ ।

राजधानी टोकियोदेखि देशको दक्षिणपश्चिमी भागमा पनि भूकम्पको झटकको महसुस भएको समचार एजेन्सीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?